स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’ बजारमा

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो ।

क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको शेयर भएपछी सो योजनामा सहभागि हुन सकिन्छ । यसमा वार्षिक सेवा शुल्क पुर्ण रुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।

यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निशुल्क डिम्याट खाता तथा मेरो शेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागि हुने लगानीकर्तालाई निशुल्क विमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै शेयर बजार सम्बन्धि निशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सक लगायत लगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार