काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले १६ महिनापछि व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) पाएको छ । बीमा ऐन २०७९ पारितत भए पश्चात तत्कालिन राष्ट्रिय बीमा संस्थान २०८० साल कार्तिकमा कम्पनीमा परिणत भई राष्ट्रिय जीबन बीमा कम्पनी बनेको थियो । बीमा कम्पनी बनेदेखि प्रमुख कार्यकारी अधिकृत रिक्त थियो ।
जीवन बीमा कम्पनी बने पश्चात कम्पनीको नेतृत्व कार्यवाहक सीईओको जिम्बेबारी महेस रिमालले सम्हाल्दै आएका थिए ।
कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि मसिंर ६ गते दरखास्त माग गरेको थियो । प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि ८ जनाको आवेदन दिएकोमा कम्पनीको पदपूर्ती समितिले ४ जनाको नाम संक्षिप्त सुची सर्टलिष्टमा राखेको थियो । संक्षिप्त सुची राजुनाथ खनाल, महेश रिमाल, रामदेव यादव र सुन्दर पन्थी परेका थिए । जसध्येका एक उम्मेदवार पन्थीलाई सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो ।
मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुन्दर पन्थीलाई सीईओको रुपमा नियुक्त गरेसँगै कम्पनीले नेतृत्व पाएको हो । नेपाल बैंकमा २० वर्षसम्म उच्च व्यवस्थापन पदमा रहेर काम गरका पन्थीलाई संञ्चालक समितिको बैठकले ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्घाखाँची जिल्लामा जन्मिएका पन्थीले विद्यालय तह गाउँमै अध्ययन गरे । आइकम अध्ययनका लागि उनी भैरवाहातिर लागे । भैरवाहाबाट आइकम सक्काएर बीबीएस पढ्द उनी पोखरा गए । पोखराको पीएनसी क्याम्पसबाट बीबीएस सक्काएका पन्थीले स्नातकोत्तर अध्ययन काठमाडौंबाट गरेका थिए ।
जीबन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त पन्थीले २०६१ सालमा नपाल बैंकमा उपप्रवन्धक पदबाट काम सुरु गरेका थिए ।