लिबर्टी इनर्जीले लिलामीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २ देखि हकप्रदमा अवितरित साधारण समुहको ८ लाख २६ हजार ५ सय ७४ कित्ता शेयर लिलाममा ल्याएको थियो।

यस लिलामीको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

काठमाडौँ भित्र प्रभु क्यापिटलको कार्यलय कमलादीबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै प्रभु बैंकको विराटनगर, बिरगंज, जाउलाखेल, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले मङ्सिर १६ गतेदेखि पुस ७ गतेसम्म हाल कायम चुक्ता पूँजीको आधा अर्थात् १ः०।५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो अवधिभित्र रितपुर्वक आवेदन दिने शेयरधनीहरुलाई प्रचलित कानुन बमोजिम शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। अब कम्पनीले हकप्रदमा बिक्री नभएका शेयरहरु लिलाम गर्न लागेको हो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार