RE
Global College

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बुधबार माघ ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ।

कम्पनीले माघ २८ गते पर्साको बिरगंजमा साधारणसभा बोलाएको छ ।

NECO

Leave Your Comment

Related News