सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो। यो सँगै शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार लागि चाँदी प्रति तोला ५ रुपैयाँले बढेको छ छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार