RE
Global College

राष्ट्रिय परिचय पत्र नागरिक एपमा उपलब्ध

काठमाडौं । अब नेपाली नागरिकले राष्ट्रिय परिचय पत्र डिजिटल रूपमा नागरिक एप मार्फत प्राप्त गर्न सक्ने भएका छन्। सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै नागरिकका लागि सरकारी सेवा सहज बनाउन राष्ट्रिय परिचय पत्रलाई एपमा मंगलबारदेखि समावेश गरेको हो ।

राष्ट्रिय परिचय पत्रको आवेदन दिई सकेका नागरिकहरूले आफ्नो परिचय पत्र नम्बर नागरिक एपमा राखे पछि नागरिकको परिचयपत्र देखापर्छ ।

हालसम्म ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन्।

आर्थिक वर्ष २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रूपमा बहुउपयोगी बायोमेट्रिक स्मार्ट कार्ड वितरण गर्ने अवधारणा आएको हो।

NECO

Leave Your Comment

Related News