हिमालय लाईफको बार्षिक साधारण सभा हुँदै, लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले फागुन ११ गते साधारणसभा  आह्वान गरेको  छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्न गरेको प्रस्ताब पारित गर्नेछ  । बोनश शेयरमा  कर  लगानीकर्ता आफैले तिर्नु पर्ने छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

साधारणसभाले संचालक समितिको आ.व. २०७९/८० को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ, कम्पनीको आ.व. २०७९/८० को र यस कम्पनीमा मर्ज भएको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड) को आ.व. २०७९/८० को (मर्ज अघि सम्मको) लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा / नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ  ।

त्यसैगरी संचालक समितिको निर्णय बमोजिम आ.व. २०८०/८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।

साधारणसभामा बिशेष प्रस्तावको रुपमा संचालक समितिबाट सिफारिस भई नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम आ.व. २०७९/८० को लागि कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ८,०२,०३,८३,६०२/- मा १४ प्रतिशतको दरले हुन आउने रु. १,१२,२८,५३, ७०४ ।- (अक्षरेपी एक अर्ब बाह्र करोड अठ्ठाईस लाख त्रिपन्न हजार सात सय चार) बराबरको बोनश शेयर वितरण गर्न साधारण सभामा पेश गर्ने  र बोनश शेयरमा लाग्ने कर वापतको रकम स्वयं शेयरधनीले भुक्तानी गर्ने प्रस्ताव पारित गर्ने रहेको छ  ।

बोनश शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता तथा जारी पुंजी रु. ९,१४,३२,३७,३०६/- (अक्षरेपी नौ अर्ब चौध करोड बत्तिस लाख सैतिस हजार तीन सय छ) कायम हुन आउने भएकोले बृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव पारित गर्ने । कम्पनीको प्रबन्धपत्रमा आवश्यक संसोधन गर्ने साथै कम्पनीको प्रवन्धपत्र तथा अन्य प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिले अख्तियारी लिने निर्णय गर्नेछ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार