बीवाईडीको ९ हजार २०० गाडी बोक्न सक्ने संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी शान्जेन’ सार्वजनिक

काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले ‘बीवाईडी शान्जेन’ सार्वजनिक गरेको छ । यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर भएको कम्पनीको दाबी छ । यस जहाजले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्छ । यो बीवाईडीको दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको छ । यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा संचालित छ । यी प्रविधिले ‘बीवाईडी शान्जेन’ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको छ।

‘बीवाईडी शान्जेन’ ले बीवाईडीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ। यसअघि “बीवाईडी एक्स्पोरर नम्बर १, बीवाईडी हेफे र बीवाईडी चाङझाउ जस्ता जहाजहरूले ७ हजारदेखि ९ हजार २०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा एनईभी आपूर्ति गरेका थिए । बीवाईडीले २०२६ सम्म आफ्नो जहाज संख्या ८ पु¥याउने योजना बनाएको छ । जसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पु¥याउनेछ ।

बीवाईडीले सन् २०२४ मा ४ लाख १७ हजार भन्दा धेरै विद्युतीय गाडी विदेश निर्यात गर्न सफल भएको छ । यो अघिल्लो वर्षभन्दा ७२% बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा, बीवाईडी नयाँ प्रविधि, दिगो समाधान, र बलियो आपूर्ति प्रणालीसँग अघि बढिरहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार