CLI

घाटामा गएका कम्पनीको म्यानुपुलेसन गरेर आइपीओ निकाल्ने क्रम बढ्योः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय घाटामा रहेका कम्पनीका ब्यालेन्ससिटमा म्यानुपुलेसन गरेर सर्वसाधारण जनतामा आइपीओ जारी गरेर पैसा उठाउने क्रम बढेको भन्दै त्यसलाई रोक लगाउनुपर्ने बताएको छ।

कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिलाई स्वागत एवं बस्तुगत सदस्यता प्रदान गर्दै अवका दिननमा ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पुँजीबजारलाई चलायमान बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्न सकिने बताए। ‘शेयर बजार भनेको कुनैपनि देशको अर्थतन्त्रको ऐना हो’, उनले भने, ‘कुनै पनि विदेशी लगानीकर्ताले सम्बन्धित देशको ब्लुचिप कम्पनीको अध्ययन गरेर देशको अर्थतन्त्रको बारेमा बुझ्छन्।’

अहिले केही कम्पनीहरु शेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफूतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै त्यसलाई सरकारले सुक्ष्म तरिकारले नियमन गर्नुपर्ने बताए। अहिले सेमर बजारमा म्यानुपुलेशन भेरहेको भन्दै त्यसमा समेत सजक हुनुपर्ने जानकारी दिए।

यसैगरी चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले अहिले नेपालको पुजीबजार नेपाली जनतामाझ लोकप्रिय भएको भन्दै अवका दिनमा हरेक बर्ष लाभांस दिन सक्ने कम्पनीको मात्र आइपीओ जारी गर्नुपर्ने बताए। ‘अहिले कतिपय कम्पनीहरुले व्यालेन्ससीटलाई अनावश्यक म्यानुपुलेशन गरेर घाटामा रहेका कम्पनीको पनि आइपीओ जारी गर्ने क्रम बढेकाले त्यसलाई रोक्नुपर्छ। पुँजी बजारमा लगानी गरेपछि कुनैपनि लगानीकर्ताले बार्षिक १० प्रतिशत प्रतिफल पाउने ग्यारेटी हुनुपर्छ र त्यस्ता कम्पनीलाई मात्र आइपीओ ल्याउन स्वीकृति दिनुपर्छ,’ उनले भने, ‘अहिले जस्ता पनि कम्पनीको आइपीओ जारी गरेर बजारबाट पैसा उठाउने काम भएको छ त्यसालाई रोक्नुपर्छ।’ साथै अहिल सरकारी नीतिका कारण पुँजीबजार पेनिक बनेको भन्दै सरकारको ध्यानाकर्षण गएएका छन्।

यसैगरी स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजी बजारमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएका छन्। विभिन्न संघसंस्थाहरुबीच फुटेर नभई एक आपसमा मिलेर सगम्र पुँजी बजारको विकासमा लाग्नु पर्ने बताए। ‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोही अनुरुप राज्यलाई कर तिर्दै देशको आर्थिक विकास गर्ने हो’, कमर्सले एसवानका नयाँ कार्यसमितिलाई गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘उद्देश्य एउटै भएपछि सबै आर्थिक र व्यवसायीका मुद्दामा सबै उद्योगी व्यवसायी र उनीहरुले नेतृत्व गर्ने संघसंगठन एक ठाउँमा उभिनुपर्छ।’

यसैगरी अहिले नेपाली पुँजी बजार फण्डामेन्टल्ली भन्दा पनि हल्लाको भरमा रुमलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए। ‘अस्थिर नीतिका कारण अहिले शेयर बजारका लगानीकर्ताहरु मारमा परेका छन्’, उनले भने, ‘लगानीकर्ताले देशको नीति र नेतृत्व हेरेर आफ्नो लगानी गरेका हुन्छन् तसर्थ राज्यले दीर्घकालीन नीति बनाउनु पर्छ, त्यसका लागि चेम्बर जस्ता संस्थाले सरकारसँग दरोसँग लविङ गर्नुपर्छ।’

अहिले नेपाली पुँजी बजारमा शेयर खरिदबिक्री मात्र भैरहेको भन्दै अब बजारमा नयाँ प्रविधि सहितको बन्ड मार्केट, सर्टसेल, इन्ट्रा डे कारोबार, ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधाजस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने ढकालको भनाइ थियो।

हाल अर्थतन्त्रमा देखिएको सिथिलताको अन्त्य गर्न टेलिमक, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुलाई बैंक वित्तीय संस्थाको संस्थापक शेयर खरिदमा लगाईएको १५ प्रतिशतको क्याप हटाईनुपर्ने ढकालले बताए। बजारमा संस्थागत लगानीकर्ताको अभाव भइरहेको अहिलेको अवस्थामा बजारलाई थप चलायमान बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा शेयरबिक्री लगाएको क्यापलाई समेत हटाउनुपर्ने ढकालको माग थियो।

Leave Your Comment

Related News