काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाल सुन प्रति तोला २३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँमा करोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोल १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ८८५ रुपैयाँमा बिक्री भएको थियो ।