साताको शेयर : ८ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । सार्वजनिक बिदाका कारण यो साता शेयर बजार तीन दिने खुल्यो । तीन दिन खुलेको शेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सूचकहरु सकारात्मक र नकारात्मक दुवै देखिएको छ ।
अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक, बजार पुँजीकरण रकम सकारात्मक देखिदाँ सेनसेटिभ इन्डेक्स, शेयर कारोबार कित्ता र कारोबार रकममा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप अघिल्लो साताको तुलनामा गत साता ६ अर्ब ३८ करोडले बजार पुँजीकरण रकममा वृद्धि भएको छ । अघिल्लो साता ४४ खर्ब २ अर्ब ७६ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४४ खर्ब ९ अर्ब १४ करोड रहेको छ ।

समीक्षा अवधिमा कारोबार रकममा भने ८ अर्ब ६२ करोड ३३ लाखले कमी आएको छ । अघिल्लो साता ३६ अर्ब ७ करोड ८७ लाख कारोबार रकम रहेकोमा यो साता २७ अर्ब ४५ करो ५४ लाख रहेको छ ।
कारोबार रकम सँगै कारोबार कित्ता शेयरको संख्यामा पनि गिरावट आएको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबार कित्ता शेयर १ करोड ८४ लाख २९ हजारले कमी आएको हो । अघिल्लो साता ७ करोड १० लाख ८३ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता सो संख्या ५ करोड २६ लाख ५४ हजारमा सीमित भएको थियो ।

नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २७०० भन्दा मूनि रहेको छ । यो साता नेप्से परिसूचक २६५७.७७ विन्दुमा पुगेर बन्द भएको छ । जुन अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक ३.४२ अंकले माथि उक्लिएको । अघिल्लो साता नेप्से परिसूचक २६५४.३५ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स भने ४४४.७२ विन्दुमा पुगेर बन्द भएको छ । जुन अघिल्लो साताको तुलनामा २.०९ अंकले कम हो । अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ४४६.८१ विन्दुमा पुगेर बन्द भएको थियो ।

 

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचक पनि घटबढ भएको छ । अघिल्लो साताको तुलनामा गत साता विकास बैंक ३०८, वित्त १०, जलविद्युत ८९, उत्पादन र प्रशोधन १६, लघुवित्त ६३ र अन्य १८०२ अंकले बढेको छ । साथै अघिल्लो साताको तुलनामा गत साता बैकिङ १७, होटल र पर्यटन १३, लगानी ०.२७, जीवन बीमा २१४, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा १३७ र व्यपाार १०४ अंकले घटेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार