२७०० माथि नै नेप्से, १ अर्बले घट्यो कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज, नेप्से परिसूचक २७०० माथि बस्दा पनि कारोबार रकम भने ओरालो लागेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२३ अंकले बढेर ४५९.६१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२९ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५८ अंकले बढेको हो ।

सोमबार ३१९ वटा कम्पनीको २ कोड ३७ लाख ७० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रहेको छ । जुन आइतबारको तुलनामा १ अर्ब ७ करोड ९७ लाखले कम हो । आइतबार ३३० वटा कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर कारोबार हुदाँ १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रहेको थियो ।

सोमबार ९७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।सोमबार ७ वटा समूह परिसूचक बढ्दा बाँकी ६ वटा घटेको छ । बैंकिङ ७, जीवन बीमा ८९, उत्पादन र प्रशोधन २०, लघुवित्त ६, म्युअुचल फण्ड ०.१५, निर्जीवन बीमा १०९ र व्यपार ३५ अंकले बढ्दा विकास बैंक २४, वित्त २८, होटल र पर्यटन ०.८८, जलविद्युत १९, लगानी ०.५० र अन्य समू्ह १३ अंकले घटेको छ ।

सोमबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सप्तकोशी विकास बैंक, वरुण हाइड्रोपावर लिमिटेड, साहस उर्जा र एक्सल डेभलपमेन्ट बैंक रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ३० लाख, सप्तकोशी विकास बैंकको ३२ करोड ७३ लाख, वरुण हाइड्रोपावर लिमिटेडको ३० करोड २२ लाख, साहस उर्जाको २७ करोड ९१ लाख र एक्सल डेभलपमेन्ट बैंक २३ करोड ४८ लाख बराबरको कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार