RE
Global College

शिखर इन्स्योरेन्सको साधारण सभा  हुँदै लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १३ गते, मंगलबार,  २० औँ वार्षिक साधारण सभा  बोलाएको छ । सभाले कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाइ  वितरण गर्ने प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न गर्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

NECO

Leave Your Comment

Related News