नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारण सभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफनो ३८ औं वार्षिक साधारण सभा फागुन १५ गते गर्ने भएको छ । बैंकको ३८ औं वार्षिक साधारण सभा फागुन १५ गते बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा हुने भएको छ ।

बैंकले यस वर्ष साधारण सभाबाट नगद लाभांश तथा बोनस शेयर र हकप्रद शेयर वितरण नगर्ने जनाएको छ । साधारण सभा प्रयोजनका लागि माघ २९ गते देखि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा माघ २८ गते सम्म कारोबार भई फागुन ४ गते भित्र बैंकको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल प्राप्त गरेको नामसारीको लिखतका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले मात्र सभागमा भाग लिन पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रहेको छ । सभागमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण प्रस्तुत तथा स्वीकृत गर्ने बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार