काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले यस वर्षको लाभांश वितरण गर्न सुरु गरको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०२.६३ प्रतिशत लाभांशमध्ये माघ ५ गते आइतबारदेखि ५२.६३ प्रतिशत नगद लाभांश वितरण थालेको हो ।
कम्पनीले सूचना जारी गर्दै साधारण सभाका लागि बुकक्लोज भन्दा अघिल्लो दिन ९मंसिर १३ गतेसम्म० कायम भएका शेयरधनीको हितग्राही खाता (डिम्याट) मा उल्लेखित बैंक खातामा सोझै नगद लाभांश पठाउन सुरु गरेको छ ।
हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई अद्यावधिक गराएपश्चात मात्र लाभांश वितरण हुने कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।यस्तै शेयरधितो लिएका लगानीकर्ताले सम्बन्धित संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपश्चात मात्र लाभांश वितरण हुने जनाइएको छ।
कम्पनीको पुस १ गतेसम्पन्न १९ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो।
कम्पनीको ५० प्रतिशत बोनस शेयर भने नेप्सेमा सूचीकृत भएपश्चात मात्र लगानीकर्तालाई वितरण हुनेछ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।