काठमाडौं । शेयर बजार निरन्तर दुई दिने घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.०८ अंकले घटेको शेयर बजार बुधबार भने सामान्य अंकले घटेको हो ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०७ अंकले घटेर ४५६.०४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१६ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२८ अंकले घटेको हो ।
बुधबार ३०९ वटा कम्पनीको १ करोड ९१ लाख ८१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख ७ हजार पुग्यो । जुन मंगलबारको तुलनामा ३ करोड ८३ लाख १० हजारले बढी हो । मंगलबार ३१५ वटा कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार पुगेको थियो ।साथै मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख रह्यो ।
बुधबार ११३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १२२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ५ वटा समूह परिसूचक बढ्दा बाँकी ८ वटा घटेको छ । वित्त १४४, जलविद्युत २, म्युुअचल फण्ड ०.१८, निर्जीवन बीमा २५ र अन्य समूह ६ अंकले बढ्दा बैंकिङ ४, विकास बैंक ५४, होटल र पर्यटन ३३, लगानी ०.२६, जीवन बीमा ४२, उत्पादन र प्रशोधन ५९, लघुवित्त १४ र व्यापार ६३ अंकले घटेको हो ।
बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, सिनर्जी पावर विकास लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक र हिमालयन उर्जा विकास कम्पनी रह्यो । नेपाल रिइन्स्योरेन्स कम्पनीको ३३ करोड ७६ लाख, हिमालयन उर्जा विकास कम्पनीको २७ करोड १४ लाख, सिनर्जी पावर विकास लिमिटेडको २२ करोड २० लाख, ग्रीन डेभलपमेन्ट बैंकको २० करोड ९३ लाख र हिमालयन उर्जा विकास कम्पनीको १९ करोड ९१ लाख बजार करोबार भयो ।
बुधबार सर्वाधिक कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था, छायङदी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सका लागानीकर्ताहरु बने भने सर्वाधिक गुमाउनेमा सामुदाियक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु बने ।