थुम्की रिसोर्टः प्राकृतिक सौन्दर्य र अर्गानिक सेवाको उत्कृष्ट गन्तव्य

काठमाडौं । काभ्रेपलाञ्चोकको बल्थलीमा हालै सञ्चालनमा आएको ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ छोटो समयमै पर्यटकहरूको पहिलो रोजाइ बन्दै गएको छ। काठमाडौंबाट करिब ४० किलोमिटर टाढा रहेको यो रिसोर्ट पारिवारिक जमघट, सेमिनार तथा विश्रामको लागि उत्कृष्ट गन्तव्य बनेको छ।

प्राकृतिक सौन्दर्य र मनोरम दृश्यावलोकन
थुम्की अर्थात् डाँडाको टुप्पोमा अवस्थित यस रिसोर्टबाट साँझको समयमा बनेपा, धुलिखेल, नमोबुद्ध, पनौती लगायतका शहरहरूको झिलिमिली दृश्य हेर्न सकिन्छ। बिहान र दिउँसोको समयमा मनोरम हिमालय श्रृंखलाको अद्भुत दृश्यावलोकन गर्न सकिन्छ।

लक्जरी आवास र अर्गानिक भोजन
स्थानीय सफल युवा व्यवसायी लक्ष्मण न्यौपानेको नेतृत्वमा सञ्चालनमा आएको यो रिसोर्टमा हाल २० वटा आधुनिक सुविधासम्पन्न लक्जरी कोठाहरू रहेका छन्। रिसोर्ट परिसरभित्रै अर्गानिक खेती गरिएकाले पाहुनाहरूलाई ताजा र स्वस्थकर खाना परोसिनेछ।

रिसोर्टका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय स्तरबाटै उत्पादन गरिएका तरकारीहरू, लोकल कुखुरा, कालिज, खसी(बोका तथा अन्य जैविक खाद्य सामग्रीहरू पाहुनाहरूलाई परोसिन्छ। अर्गानिक भोजनका कारण ग्राहकहरू बारम्बार रिसोर्टमा आउने गरेको न्यौपाने बताउँछन्।

सेमिनार र विशेष कार्यक्रमका लागि उपयुक्त
व्यवसायिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्न रिसोर्टमा ७० जना क्षमताको अत्याधुनिक सेमिनार हल उपलब्ध छ। आगामी दिनहरूमा स्वीमिङ पूल, स्टिम, साउना, ज्याकुजी लगायतका सुविधाहरू थपिने योजना रहेको अध्यक्ष न्यौपाने बताउँछन्। त्यस्तै, रिसोर्ट परिसरमै पर्याप्त पार्किङ सुविधा उपलब्ध छ। बालबालिकाहरूको मनोरञ्जनका लागि २० रोपनी क्षेत्रफलमा चिल्ड्रेन पार्क निर्माण गर्ने योजना समेत अगाडि बढाइएको छ।

अपांगमैत्री र वातावरणमैत्री संरचना
थुम्की रिसोर्ट काभ्रेको पहिलो अपांगमैत्री रिसोर्ट हो, जहाँ ह्वीलचेयरको प्रयोग गरी सहजै कोठाहरूमा जान तथा सेमिनार हलमा कार्यक्रम आयोजना गर्न सकिन्छ। साथै, वातावरण संरक्षणलाई ध्यानमा राख्दै रिसोर्टले निस्कने फोहोर तथा पानीलाई पुनः प्रशोधन गर्ने प्रविधि अपनाएको छ।

सुर्यास्त र सुर्योदयको दृश्य अवलोकन
रिसोर्टबाट बेलुकीको सुर्यास्त र बिहानको सुर्योदयको दृश्य अवलोकन गर्न विशेष टेलिस्कोप उपलब्ध गराइएको छ, जसले खगोलशास्त्रमा रुचि राख्ने विद्यार्थीहरूलाई पनि ज्ञानवर्द्धक अवसर प्रदान गर्छ। साथै, यहाँबाट नमोबुद्ध, नारायणथान, तिनधारे झरना, कामीडाँडा, लर्केश्वर धाम लगायतका पर्यटकीय स्थलहरूमा ट्रेकिङ तथा भ्रमण गर्न सकिन्छ।

वन्यजन्तु तथा जैविक विविधताको अनुभव
संरक्षित क्षेत्रमा अवस्थित भएकाले रिसोर्ट वरपर सालक, जरायो, मृग, बँदेल, खरायो, चितुवा, कालिज जस्ता वन्यजन्तु तथा विभिन्न प्रकारका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ।

२०२४ देखि सञ्चालनमा आएको यो रिसोर्ट आफ्नो उत्कृष्ट सेवाका कारण पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, अर्गानिक भोजन, लक्जरी आवास तथा आधुनिक सुविधाहरूको समिश्रण भएको ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ तपाईंको अविस्मरणीय बसाइका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार