काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट हुँदा १३ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ९ बजे विस्फोट हुँदा घाइते भएकामध्ये सबैलाई अस्पताल लगिएको छ । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
ग्याँस सिलिन्डर पड्किदा मःम पसलका कर्मचारी घाइते भएका हुन् ।
प्रहरीका अनुसार भुइँ तलामा रहेको किचनमा भएको ग्याँस विस्फोट हुँदा माथिको भर्याङ झरेको छ । केही कर्मचारी भर्याङ लागेर पनि घाइते भएका छन् ।