काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पाँचौ अधिबेसनको तेस्रो वैठक आज दिनको १ बजे बस्दैछ ।
प्रतिनिधिसभाको आजको बैठकमा उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानबाट बिधुतिय व्यापार विधयेक सम्बन्धी समितिको प्रतिबेदन २०८१ पेश हुनेछ । साथै आजको बैठकमा व्यवस्थापक कार्य अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले कानून, न्याय तथा मानव अधिकार सहितको विधायन विधेयक,२०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र विधायन विधेयक २०८१ लाई पारित गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।
आजको संसदमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले “अन्तराष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तराष्ट्रिय श्रम मापदण्डहरुको संयन्त्रहरु (महासन्धि,प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्न कार्य सुची रहेको संसद सचिवालयले जनाएको छ ।