काठमाडौं । निरन्तर बढ्दो गतिमा रहेको सुनको मूल्यमा शुक्रबार ब्रेक लागेको छ । आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ८८० रुपैयाँ थियो ।