नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ९.४४ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा
४६ करोड ८१ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९.४४ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा ४२ करोड ७७ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको आम्दानी र खुद बीमाशुल्कमा वृद्धि भएकाले नाफा बढ्न पुगेको हो ।
कम्पनीको कुल आम्दानी गत आवमा २९ अर्ब २० करोड रहेकोमा चालू आवमा बढेर ३३ अर्ब ३९ करोड भन्दा बढी पुगेको छ ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क गत आवमा १९ अर्ब ७१ करोड रहेकोमा चालू आवमा बढेर २२ अर्ब १२ करोड पुगेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४२ पैसा रहेकोमा चालू आवमा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ ।
चुक्ता पूँजी ८ अर्ब २० करोड रहेको कम्पनीले रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड र महाविपत्ती कोषमा १ अर्ब ३० करोड भन्दा बढी सञ्चिती गरेको छ ।
त्यस्तै कम्पनीको जीवन बीमाकोष गत आवमा १ खर्ब ८२ अर्ब रहेकोमा चालू आवमा बढेर २ खर्ब १७ अर्ब पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ५४ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ७० दशमलव ५२ गुणा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार