काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोल १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।