काठमाडौं । हिजो बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल सरकारका उच्च पदस्थ तीन जना कर्मचारी, सचिको सरुवा गरेको छ । सरुवा भएका सचिवमा अर्थ सचिव डा.रामप्रसाद घिमिरे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्याय रराष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी रहेका छन् ।
सरुवा भएका सचिवमा अर्थ मन्त्रालयको सचिवको रुपमा कार्यरत राम प्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालय पठाएको छ । अर्थ मन्त्रालयमा सचिवको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव घनश्याम उपाध्याय आएका छन् । राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको छ ।