RE
Global College

एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।

अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव पारित गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।

NECO

Leave Your Comment

Related News