एनआईसी एशिया लघुवित्तको साढे ४ लाख बढी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटे्डले कुल चुक्ता पुँजीको २.६३ प्रतिशत अर्थात् ४ लाख ५७ हजार ८२१.३८ कित्ता संस्थापक शेयरलाई सर्वसधारण शेयरमा परिवर्तन गरेको छ ।
तत्कालिन स्वेदशी लघुवित्त वित्तीय संस्था लिमिटेडतर्फका संस्थापक शेयरधनीहरुको नाममा कायम रहेको संस्थापक शेयर मात्र एकीकृत संस्थाको कुल चुक्ता पुँजीको २.६३ प्रतिशत बिन्दुले हुने ४ लाख ५७ हजार ८२१.३८ कित्ता संस्थापक शेयर नयाँ शेयर संरचना कायम हुने गरी सर्वसाधारण शेयरमा परिवर्तन गरिएको हो ।

यो सँगै लघुवित्तले जारी पुँजीको ६५.५६ प्रतिशत शेयर स्वामित्व संस्थापको समूहको र ३४.४४ प्रतिशत शेयर स्वामित्व सर्वसधारण समूहको कायम हुने गरी शेयरधनीहरुको पुँजीको संरचनालाई परिवर्तन गरेको छ ।
यसका लागि लघुवित्तले नेपाल राष्ट्र बैंकबाट अनुमति समेत प्राप्त गरेको छ । लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार