पाँच दिन पछि सामान्य अंकले बढ्यो शेयर बजार, २८ करोडले कारोबार रकम

काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १०.९८ अंकले घटेको शेयर बजार मंगलबार एकल अंकले बढेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५० अंकले घटेर ४५०.१५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.८४ अंकले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०७ अंकले घटेको हो ।

मंगलबार २९९ वटा कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब २४ करोड ६२लाख २१ हजार रहेको छ । जुन सोमबारको तुलनामा २८ करोड ५९ लाख २९ हजारले बढी हो ।
सोमबार ३२२ वटा कम्पनीको १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ९६ करोड २ लाख ९२ हजार पुगेको थियो । साथै मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ५५ अर्ब ४२ करोड १३ लाख रह्यो ।

मंगलबार १३४ टा कम्पनीकोे शेयर मूल्य बढ्दा ९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार ५ वटा समूह परिसूचक बढ्दा बाँकी ८ वटा घटेको छ । विकास बैंक १३४, जलविद्युत ५९, लगानी ०.५१, उत्पादन र प्रशोधन ०.९३ र म्युअुचल फण्ड ०.१० अंकले बढ्दा बैंकिङ ३, वित्त ८, होटल र पर्यटन ३२, जीवन बीमा १२, लघुवित्त २, निर्जीवन बीमा ५६, व्यापार ४६ र अन्य समूह ०.४० अंकले घटेको हो ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सीइीडीबी होल्डङिस लिमिटेड, न्यादी हाइड्रोपावर लिमिटेड, युनाइटेड मादेी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंक रह्यो । सीइीडीबी होल्डङिस लिमिटेडको ३६ करोड ८१ लाख, न्यादी हाइड्रोपावर लिमिटेडको ३५ करोड ११ लाख, युनाइटेड मादेी हाइड्रोपावरको २१ करोड ७७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १९ करोड ६९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ६२ लाख बराबर करोबार भयो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार