CLI

यूनाइटेडअजोड इन्स्योरेन्सको पौने ३ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको  २८३४८३ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ ।

कम्पनीका संस्थापक शेयर लगानी कर्ता सन्दीप खेतान र जुली चाचानको नाममा कायम रहेको ९९, ४११ उनान्सय हजार चार सय एघार कित्ता प्रतिकित्ता न्यूनतम मूल्य १८०/- का दरले, संस्थापक शेयरधनी माछापुच्छ्रे ब्रिकिफ्याक्ट्रि प्रा. लि को नाममा रहेको  ७६८७८ कित्ता न्यूनतम मूल्य २०१ /- प्रति कित्ताका दरले, महेन्द्र कुमार गोयलको नाममा रहेको ८२,५९२ बयासी हजार पाँच सय बयानब्बे कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य १६३.९०/- अक्षरेपि एक सय त्रिसठ्ठी रुपैयाँ नब्बे पैसा मात्र र संस्थापक शेयरधनी ज्योती कुमारी सरावगीको नाममा कायम रहेको २४,६०२ चौबिस हजार छ सय दुई  कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम मूल्य १६३.९०/- अक्षरेपि एक सय त्रिसठ्टठ रुपैयाँ पचास पैसा का दरले बिक्रीमा रहेको कम्पनीले जनाएको छ ।

संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को दफा ११ बमोजिम संस्थापकले आफ्नै समुहको शेयरधनीलाई प्राथमिकता दिई बिक्री गर्नुपर्ने प्रावधान अनुरुप  सो शेयर खरिद गर्न चाहने बिध्यमान संस्थापक शेयरधनीले  ३५ (पैतिस) दिन भित्र आवश्यक कागजात संलग्न गरी इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सि.टि.सि मल सुन्धारा, काठमाण्डौंमा आफुले खरिद गर्न चाहेको शेयर मूल्य उल्लेख गरी आबेदन दिनु पर्नेछ  ।

संस्थापक शेयर खरिद गर्न  तोकिएको म्याद भित्र हाल कायम संस्थापक शेयरधनीको आवेदन नपरेमा नपरेमा बाँकी शेयर कित्ता प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ । इच्छुक शेयरधनीले यो शेयर खरिद गर्न चाहेमा न्युनतम १०,००० कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ  ।

Leave Your Comment

Related News