सामान्य अंकले बढ्यो शेयर बजार, पौने ९ अर्ब करोबार

काठमाडौं । मंगलबार बढेको शेयर बजार बुधबार पनि बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५४ अंकले बढेको बुधबार पनि बढेको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०२५ अंकले बढेर ४५०.४० विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२६ अंकले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२४ अंकले बढेको हो ।

बुधबार ३०७ वटा कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ४७ करोड १६ लाखले बढी हो ।
मंगलबार २९९ वटा कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब २४ करोड ६२लाख २१ हजार रहेको थियो ।

बुधबार १३४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ४ वटा समूह परिसूचक बढ्दा बाँकी ९ वटा घटेको छ । विकास बैंक ७७, वित्त ४२, लगानी १ जीवन बीमा ६३ अंकले बढ्दा बैकिङ १, होटल र पर्यटन ४३, जलविद्युत २, उत्पादन र प्रशोधन २२ , लघुवित्त ६, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा ५, व्यापार ३९ र अन्य समूह १० अंकले घटेको हो ।
बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सीइीडीबी होल्डङिस लिमिटेड, रिभर फल्स पावर, न्यादी हाइड्रोपावर लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक रह्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३९ करोड ६० लाख, सीइीडीबी होल्डङिस लिमिटेडको ३७ करोड ६७ लाख, रिभर फल्स पावरको ३१ करोड ४९ लाख, न्यादी हाइड्रोपावर लिमिटेडको ३० करोड ४ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड ३५ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार