२३ सयले बढ्यो सुन

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार २ हजार ७०० रुपैयाँले घटेको सुनको मूल्य आज (बिहीबार) २ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रति तोला १ लाख ६९ हजार ८०० रुपैयाँमा काराबोर भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ६७ हजार ५००रुपैयाँ थियो ।

बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य एक हजार ९३० रुपैयाँ थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार