तारागाउँ रिजेन्सीको नाफा ३ प्रतिशतले बढ्यो

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाफा २.८० प्रतिशतले बढेको छ । होटल्सले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १८ करोड ६७ लाख नाफा कमाएको छ । जुन गत आवको भन्दा करिब ३ प्रतिशतले बढी हो । होटल्सले गत आवाको सोहि अवधिमा १८ करोड १६ लाख नाफा कमाएको थियो ।

कुल आम्दानी र सञ्चालन आम्दानी वृद्धि भए सँगै नाफामा पनि सुधार देखिएको हो । चालु आवको दोस्रो त्रैमासमा होटल्सले सञ्चालन आम्दानी ६९ करोड ४८ दाख र गत आवको सोहि अवधिमा सञ्चालन आम्दानी ६३ करोड ८५ लाख रहेको छ । चालु आवको दोस्रो त्रैमासमा कुल आम्दानी ७७ करोड ३४ लाख रहेकोमा गत आवको सोहि अवधिमा ७१ करोड ४२ लाख रहेको छ ।

१ अर्ब ९६ करोड चुक्ता पुँजी रहेको होटल्सले चालु आवको दोस्रो त्रैमास अवधिमा जगेडा कोषमा १ अर्ब १० करोड रहेको छ । समीक्षा अवधिमा होटल्सको प्रति शेयर आम्दानी ९ रुपैयाँ ५२ पैसा ऋणत्मक, प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ४८ पैसा, तरलता अनुपात २.१ र मूल्य आम्दानी अनुपात ११० रुपैयाँ ५१ गुणा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार