पुनः घट्यो शेयर बजार, करिब ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार र बुधबार बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार घटेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ४४९.८८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२० अंकले घटेको हो ।

बिहीबार ३०२ स्टकको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख पुगेको छ । जुन बुधबारको तुलनामा ७९ करोड ६५ लाख ४७ हजारले कम हो ।
बुधबार ३०७ वटा कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार पुगेको थियो ।

बिहीबार ७६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार ३ वटा समूह परिसूचक बढ्दा बाँकी १० वटा घटेको छ । वित्त ५२, लगानी ०.५५ र लघुवित्त ९ अंकले बढ्दा बैंकिङ ३, विकास बैंक ५६, होटल र पर्यटन ३९, जलविद्युत ३५, जीवन बीमा १९, उत्पादन र प्रशोधन ३३ म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा ११४, व्यापार ०.४२ र अन्य समूह २ अंकले घटेको हो ।

बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सीइीडीबी होल्डङिस लिमिटेड, राधी विद्युत कम्पनी, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३४ करोड १४ लाख, सीइीडीबी होल्डङिस लिमिटेडको २६ करोड ८९ लाख, राधी विद्युत कम्पनीको २० करोड २९ लाख, सिन्धु विकास बैंकको १९ करोड ३० लाख र सेन्ट्रल फाइनान्सको १९ करोड बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार