काठमाडौं ।आज एकैदिन संघीय संसद अन्तर्गत ६ वटा संसदीय समितिको वैठक बस्न लागेको छ । प्रतिनिधि सभा अन्तर्गत आज अर्थ समितको वैठक ११ बजे बस्न लागेको हो आजको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । यस्तै, मध्यान्ह १२.३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । ११ ३० मा कृडि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ बैठकमा स्वर्गद्वारी गुठी किसानका समस्ञा बारे भूमि व्यबस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालय र गुठी संस्थानसँउ छलफल गर्नेछ ।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको वैठक ११ बजे सस्नेछ बैठकमा संधिय निजामति सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०८० माथि दफवार छलफल गर्नेछ । शिक्षा स्वास्थ्य तथा प्विधि समितिको वैठक ११ बजे बस्धैछ वैठकमा शडीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविध्यालय विधेयक,२०८० का सम्बन्धमा बिज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रियसभा अन्तर्गत विकास,आर्थिक मामिला तथा सुशासन समितिको वैठक १२.३० मा बस्दैछ बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुने(ldc Gradution) सम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिमा पेश गरी छलफल गर्नेछ । त्यसैगरी सार्वजनीक नीति तथा प्रत्यायोजित विधायन समितिको वैठक २ बजे बस्दैछ बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्ञाको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
संघिय संसदका राष्ट्रिय सभा र प्रतिनिधि सभाको वैठक आगामी फागुन ४ गतेलाई तोकिएको छ ।
सभामुख देवराज घिमिरले संसद बैठक नबसेको दिन संसदीय समितिका कारबाही अघि बढाउन निर्देशन दिएका थिए ।
प्रतिनिधि सभाको सोमबारको बैठकको अन्तिम समयमा उनले प्रतिनिधि सभा अन्तर्गत रहेका विभिन्न विषयगत समिति र समितिका सदस्यलाई बैठक नचलेको दिन समितिका काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।
सभामुख घिमिरेले निर्देशन दिँदै भने, ‘संघीय संसदको बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाही अघि बढाउन म समितिका सभापति र माननीय सदस्यको म ध्यानाकर्षण गराउँछु ।’