नेपाल फाईनान्सको करिब ११ लाख अवितरित हकप्रद शेयर विक्रीमा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले फागुन १ गतेदेखि विक्रीमा ल्याएको १० लाख ९० हजार ३७१ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर खरीद गर्ने अवधि फागुन ८ गतेसम्म रहेको छ । यसअघि चैत ८ गतेसम्म हकप्रद विक्री गर्ने मिति तय गरेको कम्पनीले पुनः सूचना जारी गर्दै मिति सच्याएको हो ।
यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन गर्दा यी शेयरमा आवेदन नपरेको जानकारी कम्पनीले दिएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिनुपर्ने व्यवस्था छ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार