आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लांभास पारित गर्ने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिक साधारणसभा फागुन २५ गते दियो महल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको छ ।

सभाले कम्पनीको  सञ्चालक समितिले यस अघि निर्णय गरेको  हाल कायम ५ अर्व चुक्ता पुँजीको २१\०५२६४ प्रतिशत करसहित नगद लाभांश पारित गर्नेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च स्वीकृत गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी हुन पाउनेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार