काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको पाँचौ अधिबेशनको सातौं बैठक आज १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधामन्त्री के.पी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार संसद चलेको समयमा प्रत्येक महिनाको १ दिन प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नु पर्ने कानूनी व्यबस्था रहेको छ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धि पत्र संसदमा पढेर सुनाउने कार्यसूची रहेको छ ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकले “नेपाल नागरिकता( दोस्रो संशोधन) विधयेक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने साथे वन तथा वातावरण मन्त्री ऐन वबादुर शाही ठकुरीले “मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियो” भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।