CLI

अर्थमन्त्रीको स्वास्थ अबस्था सुधारात्मक, भेटघाट पुर्ण बन्द

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्रीको स्वास्थ्य अबस्था सामान्य र हिजोभन्दा सुधार  रहेको किर्तिपुर अस्पतालले जनाएको छ ।

हिजो सनिबार पोखरामा सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा रिमोटबाट बेलुन उडाउने क्रममा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा उपमहानगर पालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए ।

उनीहरूलाई पोखराको गण्डकी अस्पतालमा  प्रारम्मिक उपचार पश्चात सिम्रिक यएरको हेलिक्पटर मार्फत किर्तिपुरको जलन अस्पताल ल्याई भर्ना गरिएको छ । उनको शरीरमा ६ प्रतिशत जलन भएको भएपनि श्वास नली र फोक्सोमा असर पर्न सक्ने भन्दै  सघन उपचार कक्षमा उच्च निगरानीमा उपचार भइरहेको छ । उनको अबस्था सामान्य भएपनि संक्रमण हुन सक्ने भनेर अस्पताल मा भेटघा पुर्ण रुपमा बन्द गरिएको छ ।

उनको प्रा. डा वि डी झा, डा.प्रबिन गिरि लगायतको टिम सघन पउचार कक्षमा, प्रा.डा. शंकरमान राई, डा. विसाल कार्की, डा. मनिष यादब लगातको जलन बिशेषज्ञको टोली डा प्रयुस अर्याल लगाततको समुह आकस्मिक उपचार कक्षमा र रिना गौचन निर्मला कुँवर तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोलीले उपचार गरिरहेका छन् ।

 

Leave Your Comment

Related News