१९ अंकले बढ्यो शेयर, साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५४ अंकले बढेर ४५३.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.३९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०३ अंकले बढेको हो ।

आइतबार ३०९ वटा कम्पनीको २ करोड ९ लाख ८४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ९ अर्ब ४७ करोड ३ लाख पुगेका छ । जुन बिहीबारको तुलनामा १ अर्ब ५४ करोड ९० लाखले बढी हो ।
बिहीबार ३०२ स्टकको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख पुगेको थियो ।

आइतबार १७६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार ११ वटा समूह परिसूचक बढ्दा बाँकी २ वटा घटेको छ । बैकिङ १३, विकास बैंक ५, वित्त १३८, होटल र पर्यटन १२९, जलविद्युत १४, लगानी १, जीवन बीमा ५१, उत्पादन र प्रशोधन १४, लघुवित्त ९६, व्यापार ११ र अन्य समूह ८ अंकले बढ्दा म्युअुचल फण्ड ०.०२ र निर्जीवन बीमा १६६ अंकले घटेको हो ।

आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सीइीडीबी होल्डङिस लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड , न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३३ कराड ५४ लाख, सीइीडीबी होल्डङिस लिमिटेडको ३१ करोड ३८ लाख, हिमालयन पावर पार्टनर लिमिटेडको ३० करोड ६४ लाख , न्यादी हाइड्रोपावरको २२ करोड ४ लाख र सप्तकोशी विकास बैंकको १८ करोड ७२ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार