RE
Global College

अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन्। संगठनको केन्द्रीय कमिटी बैठकले तिनकुनेस्थित पार्टी कार्यालयमा श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। यसअघि उनी संगठनका महासचिवको जिम्मेवारीमा थिए।

पार्टीले ‘एक व्यक्ति, एक पद’ को नीति लागू गरेसँगै अघिल्लो अध्यक्ष आरती लामालाई बिदाइ गरिएको छ। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए।

त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन्। उपाध्यक्ष पदमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भुपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव, र नरेश न्यौपाने चयन भएका छन्।

नयाँ नेतृत्व चयन भएसँगै अनेरास्ववियूले विद्यार्थी हकहितको पक्षमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। संगठनले आगामी दिनमा शैक्षिक सुधार, विद्यार्थी अधिकार तथा समग्र विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

NECO

Leave Your Comment

Related News