नेपाल निर्माण व्यासायीको प्रतिनिधि मण्डलले भेट्यो प्रधानमन्त्री

काठमाडौं । नेपाल निर्माण व्यासायीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री के.पी. शर्मा ओलिसँग भेटबार्ता गरेको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा व्यासायीले निर्माण व्यवसायीका समस्या बारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए  । भेटमा व्यासायीका समस्या सुनेर  समस्याको समाधान गर्न पहल गर्ने  गरी सकारात्मक छलफल भएको थियो ।  उक्त बैठकमा निर्माण व्यवसायीहरूले सामना गरिरहेका समस्याहरू र तिनका समाधानका उपायहरूबारे विस्तृत रूपमा चर्चा भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायसँग सम्बन्धित कानुन निर्माणमा सकारात्मक धारणा व्यक्त गर्दै, समग्र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन आवश्यक कदमहरूबारे पनि छलफल गरेका थिए ।

ब्याबसायीसँगको भेटमा उनले  पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता रहेकोले यो क्षेत्रका समस्या समाधान गर्न प्रतिवद्द रहेको जनाउदै निर्माण व्यवसायसँग सम्बन्धित कानुन निर्माण छिट्टै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

निर्माण व्यवसायीले प्रधानमन्त्रीसँगको यो साक्षात्कारले  बैठकले नेपालको निर्माण क्षेत्रका व्यवसायीहरूका समस्या समाधान गर्ने दिशामा सकारात्मक संकेत दिएको बताएका छन् ।

निर्माण क्षेत्रमा स्थायित्व, पारदर्शिता र लगानीमैत्री वातावरण आवश्यक रहेको व्यवसायीले बताएका थिए । यसको साथै, समग्र अर्थतन्त्रलाई लयमा फर्काउने कदमहरूबारे छलफल हुनुले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर नेपालको आर्थिक  बिकासले फड्को मार्ने निर्माण ब्यबसायीले बताएका छन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार