काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रति तोला १ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ६७ हजार हजार ५०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ थियो ।