काठमाडौं । शेयर बजार लगातार दुई दिन बढेको छ । आइतबार १९.५६ अंकले बढेको शेयर बजार सोमबार पनि दोहोरो अंकले बढेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ६.२७ अंकले बढेर ४५९.६९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स २.३५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.१७ अंकले बढेको हो ।
सोमबार ३०२ वटा कम्पनीको १ करोड ८० लाख ८१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख ५४ हजार पुगेको छ । जुन आइतबारको तुलनामा ५७ करोड ९३ लाखले बढी हो । आइतबार ३०९ वटा कम्पनीको २ करोड ९ लाख ८४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ९ अर्ब ४७ करोड ३ लाख पुगेका छ ।
सोमबार १६६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार १० वटा समूह परिसूचक बढ्दा बाँकी ३ वटा घटेको छ । बैकिङ २९, विकास बैंक १९, होटल र पर्यटन १५५, लगानी ०.२२, जीवन बीमा ११७, उत्पादन र प्रशोधन ५४, लघुवित्त १२९, म्युअुचल फण्ड ०.१०, निर्जीवन बीमा १३७ र अन्य समूह ५२ अंकले बढ्दा वित्त २५, जलविद्युत ६ र व्यापार ५५ अंकले घटेको हो ।
सोमबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्यारेन्स कम्पनी, सीइीडीबी होल्डङिस लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, रिलायन्स फाइनान्स र युनाईटेड मार्दी हाइड्रोपावर रह्यो । नेपाल रिइन्स्यारेन्स कम्पनीको ३२ करोड ६४ लाख, सीइीडीबी होल्डङिस लिमिटेडको २७ करोड ४३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २६ करोड ४७ लाख, रिलायन्स फाइनान्सको २४ करोड २६ लाख र युनाईटेड मार्दी हाइड्रोपावरको १७ करोड ३८ लाख बराबर कारोबार भयो ।