काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ । यसअघि संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने व्यवस्थालाई हटाउँदै सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।
इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नु पर्नेछ। यो सँगै संघ, संस्था र व्यक्तिहरुले शेयर खरिद गर्न सक्नेछन् ।