सानिमा क्यापिटलको खुल्लामूखी म्युचुअल फण्ड आजदेखि बिक्रीमा

काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बिक्री खुला गरेको छ। क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १ अर्ब रुपैयाँ अर्थात् प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई रहेको छ। जस मध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्काशन हुने छ। ४ करोड इकाई मध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई तथा २० लाख इकाई कोष व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याईएको छ।

बाँकि रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन हुने छ। आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम ४० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । यस निष्काशनमा छिटोमा फागुन ११ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले माघ २ गते क्यापिटललाई खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशनको अनुमति दिएको थियो।

यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण हुदैनन् ।  यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ वमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला हुनेछ। जस अर्न्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सम मार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना (Systematic Investment Plan – SIP) मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार