११.९१ अंकले बढ्यो शेयर बजार, करिब साढे १० अर्बको कारोबार

काठमाडौं । शेयर बजार लगातार तीन दिन बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८७ अंकले बढेको शेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले बढेर ४५९.८८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.४२ अंकले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०८ अंकले घटेको छ ।

मंगलबार ३१४ वटा कम्पनीको १ करोड ८२ लाख ३० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख ६ हजार पुगेको छ । जुन सोमबारको तुलनामा ३८ करोड ७३ लाखले कारोबार रकम बढी हो । सोमबार ३०२ वटा कम्पनीको १ करोड ८० लाख ८१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख ५४ हजार पुगेको थियो ।

मंगलबार ८७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ६ वटा समूह परिसूचक बढ्दा बाँकी ७ वटा घटेको छ । बैकिङ ३, लगानी १.३५, जीवन बीमा २३०, निर्जीवन बीमा ३९ , व्यापार १८ र अन्य समूह ७९ अंकले बढ्दा विकास बैंक १०२, वित्त ४४, होटल र पर्यटन ७२, जलविद्युत ५, उत्पादन र प्रशोधन ४, लघुवित्त ४३ र म्युअुचल फण्ड ०.०१ अंकले घटेको हो ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र सीइीडीबी होल्डङिस लिमिटेड रहेको छ । हिमालयन रिइन्स्योरेन्सको ८२ करोड २ लाख, नेपाल रिइन्स्यारेन्स कम्पनीको ५१ करोड ६८ लाख, पिपुल्स हाइड्रोपावर कम्पनीको २९ करोड ३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २२ करोड ६८ लाख र सीइीडीबी होल्डङिस लिमिटेडको २० करोड २२ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार