CLI

सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ ल्याउँदै क्रेस्ट माइक्रो

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

यसअघि उक्त कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले क्रेस्ट माइक्रोलाई कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता श्रम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

२२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणका लागि जारी हुन लागेकोमा फागुन २६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म थपिने बताइएको छ ।

Leave Your Comment

Related News