काठमाडौं । एनमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
एनएमबि क्यापिटलले गत माघ २४ गतेदेखि सामूहिक लगानी कोष, एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
दश वर्षे बन्दमुखी प्रकृतिको योजनाअन्र्गत कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको छ ।
एनएमबि क्यापिटलले सर्वसाधारणका लागि १० करोड २० लाख इकाई बिक्रीमा ल्याएको छ । १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिसकेको छ ।