नेको इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन आजदेखि, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेको इन्स्योरेन्सले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।

नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएपछि कम्पनीले १०० अंकित दरका २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड १ लाख २३ हजार ६ सय कित्ता साधारण शेयरको २५ प्रतिशतले हुन आउने ५० लाख ३० हजार ९ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशनका लागि संस्थाले गत माघ १८ गते बुकक्लोज गरेको थियो । हकप्रदमा माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख र सञ्चित नाफा भने ५६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार