RE
Global College

देउवा भारत जाने कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ।

आज बिहीबार सभापति देउवा भारत प्रस्थान गर्ने भनिए पनि उक्त कार्यक्रममा नजाने भएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

उत्तर प्रदेशको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी कार्यक्रममा वक्ताका रूपमा देउवा सहभागी हुने भनिएको थियो।

महाकुम्भमा सहभागी हुन जाँदा देउवाले केही राजनीतिक भेटघाट समेत गर्ने तयारी थियो।

उक्त कार्यक्रममा विभिन्न देशका डेढ दर्जनभन्दा बढी वक्ता तय भएका थिए।

NECO

Leave Your Comment

Related News