काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी सबल योजनाले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तसम्ममा ३३ लाख ४४ हजार नाफा कमाएको छ । पुस मसान्तमा फण्ड १ करोड ३८ लाख घाटामा थियो ।
माघ महिनामा फण्डले १ करोड १९ लाख आम्दानी गर्न सफल भएकाले नाफामा रहेको हो ।
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि पुसको तुलनामा माघमा बढेको छ । पुस मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३१ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको छ ।
फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । फण्डले पुस मसान्तमा सूचीकृत शेयरमा ६८ करोड ७९ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर ६९ करोड ४३ लाख पुऱ्याएको छ ।