सामाजिक सद्भाव भाड्न लागेको आरोपमा राजेन्द्र महतोलाई ताप्लेजुङबासीले देखाए कालोझण्डा

काठमाडौं । पुर्वी पहाडि जिल्ला ताप्लेजुङ्गमा पुगेर सामाजिक सद्भाव भड्काउन लागेको भन्दै स्थानियले राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई कालो झण्डा प्रदर्सन गरेका छन् । उनले पाथिभराको बन्न लागेको केवलकार क्षेत्र वरिपरि पुगेर पाथिभरा सभ्यता हो केवलकार वन्नु हुँदैन ‘नो केवलकारः भन्दै  त्याहा पुगेका थिए । स्थानिय र केवलकार वनाउनु पर्छ भन्ने समुहले उनलाइ बाहिरका मानिस ल्याएर सामाजिक सद्भाव भड्काउन आएको भन्दै उनको उपस्थितिलाई अनावश्यक विरोध प्रर्दशन सहित कालो झण्डा प्रदर्शन गरेका हुन् ।

जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्‍याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ ।

महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।

लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरे

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार